काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरस विरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएपनि अहिलेसम्म पूर्ण सफलता हात पार्न सकेका छैनन् ।

चीनको वुशान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको महामारी अहिलेसम्म व्श्विका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी जारी गरेको छ ।

डब्ल्यूएचओका रीजनल डाइरेक्टरले जाडो महिनामा कोरोनाको महामारी झनै तीव्र रुपमा बढ्ने बताएका हुन् ।
उनले अहिले रोकिएको भनिएका देशहरुमा पनि जाडो महिनाको शुरुवातसँगै कोरोना संक्रमण ह्वात्तै बढ्न सक्ने बताएका छन् ।

विशेष गरि यूरोपमा यसको धेरै असर पर्न सक्ने उनले बताए । डब्ल्यूएचओका रीजनल डाइरेक्टर हंस क्लगले भने, ‘जाडो मोस्ममा युवाहरु वृद्धवृद्धाहरुसँग नजिकिनेछन्, जसका कारण कोरोनाको संक्रमण र मृत्युदरमा पनि तीव्र रुपले वृद्धि हुनेछ, त्यो बेला बिरामीहरु अस्पतालमा अटाउने छैनन्, जताततै कोरोनाको प्रकोपले सताउनेछ ।’

उनले यूरोपका ५५ राज्य मध्ये ३२ राज्यमा कोरोनाको महामारी पछिल्लो १० दिनमा तीव्र रुपमा बढेको समेत बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया