नर्सिङ छोडेर पुरुषको कपाल काट्न थालिन् पोखराकी निरु

काठमाडौं, २१ फागुन – पोखराकी निरु कुँवर आफ्नो दश वर्षीय नर्सिङ पेशालाई छाडेर पुरुषको कपाल काट्न थालेकी छिन् । उनले ओम हस्पिटल र विएन्डी हस्पिटलमा डा. भोला रिजालसहितका डाक्टरहरुसँग १० वर्ष नर्सिङ गरेर गरेर केटाको कपाल काट्न थालेकी हुन् ।कुवँरले आज (सोमवार) १० लाख लगानीमा नख्खुमा ब्युटी क्लब इनोरोभेटिभ खोलेकी छिन् । उनलाई आफ्नो परिवारसहित कृष्ण पुनले सहयोग गरेका छन् । पुन उक्त इनोरोभेटिभका लगानीकर्ता पनि हुन् ।करिब ३ वर्ष बैंककमा हेयर कटिङ ड्रेनिङ तालिम लिएर आएकी कुँवरले सन् २ हजमर देखिनै पुरुषको कपाल काट्दै आएकी छिन् । उनले नेपालमा महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छिन् भन्ने उद्देश्यले आफूले उक्त इनोरोभेटिभ खोलेको बताइन् । कुँवरले भनिन्, ‘मैले सन् २००० देखि नै पुरुषको कमाल काट्दै आएकी छु, महिला पनि पुरुष जत्तिकै सक्षम हुन्छन् भनेर मैले यो काम थालेकी हुँ ।’कुँवर नेपालमा युवा जनशक्तिलाई दक्ष र रोजगारी बनाउन आफूहरुले इनोरोभेटिभ खोलेको समेत बताइन् ।’कपाल त सबैले काट्छन् तर, यसबाट के-के रोगहरु आउँछन् कसैलाई थाहा छैन, सोचेको खण्डमा नाइहरुले एचआइभीदेखि स्किन रोगसम्म सार्दिन सक्छन्, इनोभेटिभले त्यसलाई ध्यानमा राखेर हाइजनिक प्रकारले लाग्नु पर्छ’, निरु भन्छिन्, ‘भारतीय दाजुभाइहरुले हाम्रो नेपालीको कमाल काटेर करोडौं लाखौं कमाउनुहुन्छ, नेपालमा भएका युवा-युवतीहरु रोजगारीको लागि विदेशी जानुपर्ने वाध्यता छ ।’अब नेपालमा भएका युवा-युवतीलाई तालिम दिएर स्वदेशमै रोजगारी गर्ने उनी बताउँछिन् । साथै उनले शिक्षित युवा-युवती पनि यस पेसामा लाग्दा राम्रो हुने बताउँछिन् ।उनले नेपालीको स्वास्थलाई ध्यानमा राखेर उक्त क्लब खोलेको जिकिर गरिन् । ‘नेपालीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर हामीले यस बुल्स क्लब खोलेका हौं, यहाँ आउनु भएमा हामी डाक्टरहरुलाई समेत उपचार दिन्छौं ।’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?