काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा देखिएका छन् । शनिबार राति एक अन्तर्वार्तामा उनले खतिवडाले राम्रो काम गरेको भन्दै उनलाई नै निरन्तरता दिने आशयको अभिव्यक्ति दिएका हुन् ।
उनले उनलाई निरन्तरता दिने या के गर्ने भन्नेबारे केही दिनभित्रमा निर्णय हुने पनि बताए । राष्ट्रिय सभा सदस्य नरहेका उनलाई राष्ट्रपतिले मनोनयन गरेमात्रै मन्त्रीमा निरन्तरता दिन सक्नेछन् । त्यसका लागि भदौ २० गतेभित्र उनी राष्ट्रियसभा सदस्य बन्नुपर्नेछ ।
उनले पार्टीभित्र केही समस्या रहेपनि पार्टी नफुट्ने समेत बताएका छन। ‘एकता एकछिनको लागि होइन । परिवर्तन ल्याउनका लागि नै हो । यस देशमा अग्रगामी परिवर्तनको गतिलाई निरन्तरता दिन हो । सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका प्रक्रियालाई अघि बढाउन हो । त्यसका दलागि स्थयित्व चाहिन्छ । पार्टी फुट्दैन’, उनले भने ।
उनले पार्टीभित्रैबाट पनि सरकारलाई सहयोग नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया