जिग्री पाण्डेको जोडीले कतारमा सांस्कृतिक कार्यक्रम गर्ने

काठमाडौं, २१ फागुन – हास्य अभिनेता कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले सामाजिक कार्यका लागि कतारमा सांस्कृतिक कार्यक्रम गर्ने भएका छन् ।एफएफएलको दोस्रो वार्षिक उत्सवको अवसर पारेर कतारको दल्ला ड्राइभिङ एकेडेमीको हलमा कार्यक्रम हुने भएको छ । कार्यक्रमका लागि नेपालबाट अन्य कलाकारको पनि सहभागिता रहनेछ ।कार्यक्रमको बारेमा अभिनेता अर्जुन घिमिरेले कलाकारितासँगै आफूहरुले सामाजिक कार्यमा पनि हात अगाडि बढाएको बताउँछन् ।कट्टेल र जिग्रीले यसभन्दा अघि पनि असहाय परिवारलाई सहयोग गर्दै आइरहेका छन् । यस अघि जिग्री पाण्डे प्रतिष्ठानअन्तर्गत सप्तरीमा दृष्टिविहीन परिवारका लागि घर निर्माण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?