कुन प्रदेशमा कति जनाले जिते कोरोना ? (पछिल्लो विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार ५ सय ५५ रहेको छ ।

कुल संक्रमित मध्ये ५५ प्रतिशत संक्रमित संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १५५९ जना

प्रदेश २ मा ४६७८ जना

वाग्मती प्रदेश १००१ जना

गण्डकी प्रदेशमा १७०३ जना

प्रदेश ५ मा ४७४७ जना

कर्णाली प्रदेशमा २०३३ जना

सुदूरपश्चिम प्रदेशमा ४८३४ जना

 

त्यस्तै, नेपालमा आज (शनिवार) थप ८८४ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३४० पुगेको छ ।

प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण २०७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?