काठमाडौं । भारतीय क्रिकेट टिमका भरपर्दा पूर्व ब्याट्सम्यान तथा हाल आईपीएलमा चेन्नई सुपरकिंग्सबाट खेल्न लागेको क्रिकेटर सुरेश रैना यूएईबाट फर्किएका छन् ।
संयुक्त अबर इमिरेट्स (यूएई) मा आईपीएलका लागि केहि दिन अगाडि मात्र त्यहाँ पुगेका उनी निजी कारण देखाउँदै स्वदेश फर्किएका हुन् ।
Suresh Raina has returned to India for personal reasons and will be unavailable for the remainder of the IPL season. Chennai Super Kings offers complete support to Suresh and his family during this time.
KS Viswanathan
CEO— Chennai Super Kings (@ChennaiIPL) August 29, 2020
हिजो मात्रै चेन्नईका १ खेलाडिसहित १२ जना स्टाफमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सायद उनी संक्रमित खेलाडीमा परेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । तर वास्तविक के हो भने खुलिसकेको छैन ।
😉the world has slowed so you can rediscovered your self ✌️ pic.twitter.com/mRJZoq7fqe
— Suresh Raina🇮🇳 (@ImRaina) August 28, 2020
यो जानकारी चेन्नई सुपरकिंग्सले ट्वीट मार्फत दिएको हो । आईपीएल १९ सेप्टेम्बर बाट शुरु हँदैछ । ३३ वर्षका रैनाले १५ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया