पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ५१ वर्षीया महिला र भक्तपुरकी ६२ वर्षीया रहेका छन् ।

उनीहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको हो । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले दुवैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?