प्रदेश नं ५ मा संक्रमित छ हजार

रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷९१ जना रहेका छन् । प्रदेशमा चार हजार सात सय तीन जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए । बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

सूचना अधिकारी पौडेलकाअनुसार संक्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टाइनमै छन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । शुक्रवारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टाइनमै बसेका छन् । अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?