काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वका जिल्ला सदस्य केशव निउरेलाई प्रहरीले पक्राउ गरेको छ ।
ताराखोला गाउँपालिका–५ घर भएका निउरेलाई प्रहरीले बिहीबार राति उनकै निवासबाट पक्राउ गरेको हो । राति ८ बजे निउरेको घरमा पुगेका सादा पोसाकका प्रहरीले उनलाई पक्राउ गरेको परिवारका सदस्यले बताएका छन् ।
प्रहरीले उनलाई जथाभावी चन्दा सङ्कलन गरेको आरोप लगाएको छ तर श्रीमती सरस्वती कँडेलका अनुसार उनी खाना खाएर घरमै बसेको बेला पक्राउ परेका हुन् । पछिल्लो समय नेकपाले चन्दा लगायतका गतिविधि नगरेको परिवार स्रोतको दाबी छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार निउरेमाथि थप अनुसन्धान भइरहेको छ । यथेष्ट प्रमाण नभेटिएकाले खोजी भइरहेको समेत उनले बताए ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया