किरण र प्रविणलाई पछि पार्दै सज्जाले चुमिन् नेपाल आइडल सिजन-३ को उपाधि

काठमाडौं । नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को सिजन-३ को उपाधि सज्जा चौलागाईँले हात पारेका छिन् ।

आज भएको पाइनलमा दर्शकले गरेका भोटका आधारमा सज्जाले नेपाल आइडल तेश्रो संस्करणको विजेता भएकी हुन् ।

एपी वान एचडीबाट प्रसारण हुँदै आएको नेपाल आइडलको पहिलो र दोश्रो संस्करण सफल भइसकेका छन् भने कोरोना महामारीकाबीच रुमलिएको तेश्रो संस्करण पनि निकै चर्चामा रहेको थियो ।

नेपाल आइडल बन्ने सपनासहित आएका हजारौं प्रतिष्पर्धीहरुलाई पाँखा लगाउदै सज्जा चौलागाईँले तेस्रो नेपाल आइडलको ताज पहिरिएकी हुन् ।

त्यस्तै, किरण भुजेल फर्स्ट रनरअप र प्रविण वेदवाल सेकेन्ड रनरअप भएका छन् ।

नेपाल आइडलको गत बिहीवारको संस्करणपछि फाइनल चरणमा प्रवेश गरेको थियो । अन्तिम ४ मा सिमित रहँदै चितवनका केबिन ग्लान तामाङ्ग अन्तिम
चारबाट आफ्नो नेपाल आइडलको यात्रा टुङ्गाए ।

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। बुद्ध पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।

नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल भएकाहरुले देश विदेशका विभिन्न मञ्चमा प्रस्तुति दिँदै ख्याति कमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?