सगरमाथा आरोहण गर्दै दोलकाकी दाफुटी शेर्पा

काठमाडौं, २१ फागुन । दोलखाकी दाफुटी शेर्पाले बसन्त ऋतुमा सगरमाथा आरोहण गर्ने भएकी छिन् ।‘हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि विकासमा हाम्रो पौरख’’ भन्ने मूल नाराका साथ पहिलो बारिस्ताको रुपमा शेर्पाले यहि बसन्त ऋतुमा सगरमाथा आरोहण गर्न लागेकी हुन् ।सगरमाथा आरोहण अभियानकै सिलसिलामा फागुन १९ गते G-star event management द्वारा राजधानीको रोल्वालिङ सांस्कृतिक सेवा समाज सरस्वतिनगर कपनमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा बारिस्ता दाफुटीले विश्व भर बारिस्ताहरुको प्रतिनिधित्व गर्दै सरगमाथा आरोहण गर्न लागेको शेर्पाले बताइन् ।उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुति समेत देखाएका थिए ।त्यस्तै, नेपाली युवाहरुलाई विगत केही वर्षदेखि नेपाली कफी बनाउने तालीम दिँदै आएकी दाफुटीले नेपाली कफीलाई विश्व व्यपिकरण गर्ने बताइन् ।नेपाल कृषि प्रदान देश भएपनि यहाँका मानिसहरुले उपयोग गर्न नसकिरहेको अवस्थामा दाफुटीको यस अभियान उयुक्त हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?