काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ६९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ ।
कुल संक्रमितमध्ये ५६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा १५३६ जना
प्रदेश २ मा ४५१७ जना
वाग्मती प्रदेश ९६६
गण्डकी प्रदेशमा १६८८जना
प्रदेश ५ मा ४७०८ जना
कर्णाली प्रदेशमा २०२९ जना
सुदूरपश्चिम प्रदेशमा ४७६० जना
त्यस्तै, नेपालमा आज (शुक्रवार) थप ९२७ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
प्रवक्ता गौतमले नेपालमा बितेको २४ घण्टामा ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १९५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया