राजधानीको होटल सांग्रिला अगाडि बम भेटियो

काठमाण्डौं, ८ असोज ।राजधानीकोे लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम भेटिएको छ । आइतबार राती ९ बजेतिर निलो झोला भित्र अज्ञात समूहले राखेको सुतली बम भेटिएको प्रहरीले जनाएको छ ।सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानमा पुगिसकेको छ । सो क्षेत्रलाई सिल गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?