काठमाडौं । नेपालका परिचित उद्योगी एवम् चौधरी ग्रुपका मालिक विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा शुक्रवार बिहान कोरोना पुष्टि भएको हो ।
चौधरीले आफूलाई कोरोना पुष्टि भएको र आफू डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेसनमा बसेको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका छन् । त्यस्तै आफूमा कोरोनाको कुनै लक्षण नभएको समेत बताएका छन् ।
साथै आफ्ना सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्नको लागि समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया