काठमाडौं । रुसले संसारकै सबैभन्दा शक्तिशाली परमाणु बम बनाउनुको कारण अमेरिका रहेको छ ।
१९५४ मा अमेरिका र सोभियत संघको बीचमा शीतयुद्ध जस्तै अवस्था थियो । तत्कालिन सोभियत संघले अमेरिकाको थर्मोन्यूक्लियर डिभाइस क्यासल ब्रावो बमलाई टक्कर दिनको लागि यो बम बनाएको थियो ।
त्यो बेला अमेरिकाले डिभाइसको मार्शल आइल्याण्डमा परीक्षण गरेको थियो । १५ मेगाटनको यो डिभाइस त्यो बेला परमाणु बममा सबैभन्दा शक्तिशाली थियो ।
तत्कालीन सोभियत संघले जब यो पत्ता लगायो, त्यसपछि उसले अमेरिकालाई च्यालेन्ज दिने फैसला गर्यो । यो परमाणु पलिे ट्रेनको माध्यमबाट ओलेन्या एयरबेस लगियो, जहाँबाट लामो दूरीसम्म निशाना लगाउन सक्षम टीयू ९५ मा राखिएको थियो ।
३० अक्टोबर १९६१ मा यो बम्बरले उडान भर्यो र करिव ९६५ किमीको यात्रा गरेर सेवेर्नी द्वीप पुग्यो । यो द्वीप आर्कटिक भन्दा धेरै भित्र छ ।
बम्बरले बम खसाल्यो, त्यसमा एक प्यारासूट लगाईएको थियो । त्यसैले बम बिस्तारै बिस्तारै खस्यो र विमानले पनि भाग्न धेरै समय पायो ।
जब यो बम जमीनबाट करिव १३ हजार फूटको उचाईमा पुग्यो र त्यसलाई ब्लास्ट गरियो ।
यो बम बिस्फोटबाट ५ रेक्टर स्केलको भूकम्प आयो र यो सारा विश्वमा नै अनुभव गरिएको थियो । यो बिस्फोट पनि रुस र अमेरिकाले सन् १९६३ मा एक सन्धि गरेको थियो ।
यसपछि दुबै देशले हावामा परमाणु बमको परीक्षण गर्न रोक लगाइएको थियो । यो बम बिस्फोट गर्दा क्यामेरा सैकडौँ दूरी टाढा राखिएको थियो ।
उक्त क्यामेराले ४० सेकेण्डसम्मको भिडियो बनाएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया