कोरोनाबारे ‘डब्ल्यूएचओ’ले दियो चेतावनी !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिए पनि पूर्णरुपमा अहिलेसम्म कुनै सफलता हात पार्न सकेका छैनन् ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १ करोड ४६ लाख २८ हजार ६०७ जनालाई संक्रमण भएको छ भने ८ लाख ३५ हजार ६३७ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ करोड ७० लाख ९४ हजार ६३४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६१ हजार ४०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बिहीवार जाडो महिना आएपछि यूरोपमा कोरोनाको कहर बढ्ने चेतावनी दिएको छ ।

अस्पतालमा भर्ना हुनेको संख्या बढ्नेछ भने,मृत्यु दर तीव्र रुपले बढ्नेछ।

यूरोपमा डब्ल्यूएचओका रीजनल डाइरेक्टर हेनरी क्लगले भने, ‘जाडो याममा युवा मानिस वृद्धवृद्धासँग धेरै नजिक हुनेछन्, हामी गैरजिम्मेवारी भविष्यवाणी गर्न चाहाँदैनौँ, तर यसको निश्चित रुपमा आशंका गर्न सकिन्छ, यो बेला धेरै मानिस अस्पतालमा भर्ना हुनेछन्, साथै मृत्युदरमा वृद्धि हुनेछ ।’

उनले आउँदो महिनामा तीन मुख्य कारणमा फोकस गर्न बताएका छन् ।

‘यसमा स्कूल फेरि खोलिनु, जाडोको परिवर्तित मौसम र वृद्धवृद्धाको अत्याधिक मृत्यु ।’

यसैकारणले संक्रमण धेरै घातक सिद्ध हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?