काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने अहिलेसम्म पाउन सकेका छैनन् ।
आम नागरिकहरु कोरोना विरद्धको भ्याक्सीनको पर्खाईमा रहेका छन् । यसैबीच रुसले कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन बनाएको दाबी गरेको छ ।
साथै त्यसको केहि दिन पछाडि नै चीनले पनि कोरोनाविरुद्धको भ्याक्सीन आफूले बनाएको दाबी गरेको छ ।
चीनले मानिसमा प्रयोग गर्नको लागि समेत अनुमति दिईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो महिनाको शुरुतिर एक चिरपरिचित चिनियाँ व्यवसायिक घरानाका प्रमुखले आफ्ना कर्मचारीलाई कोभिड १९ को खोप नोभेम्बरसम्म बजारमा आइसक्ने सम्भावना रहेको बताएका थिए।
स्वास्थ्यसेवामा पनि लगानी भएको उक्त घरानाका प्रमुखले यसलाई आर्थिक सुधारको अवसरका रूपमा हेरेको बताउँदै आफ्नो कम्पनीको व्यापार धेरै हुनसक्ने अपेक्षा व्यक्त गरेका थिए।
त्यसको केही सातापछि चिनियाँ सरकारले खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो ।
कोरोनाभाइरस महामारी चीनमा शुरु भएर विश्वभरि फैलिएको हो। अहिले चीनले आफ्नो सबै शक्ति लगाएर कोरोना भाइरसविरुद्ध प्रभावकारी खोप विकास गर्ने प्रतिस्पर्धा जित्ने प्रयासमा छ।
सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ। एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया