कोइराला बैठकमा उपस्थित भएनन्

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले बिहीबार अध्यक्ष चयनसम्बन्धी निर्णय गर्न सकेन । मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयनका लागि बैठक बसे पनि त्यससम्बन्धी निर्णय नै नभएको स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका कोइराला बैठकमा उपस्थित नभएकाले सो सम्बन्धमा छलफल नै नभएको स्रोतले जानकारी दिएको छ । ‘उहाँले आउँदो आइतबारअघि बैंकको बैठकमा उपस्थित हुन नसक्ने बताउनुभयो,’ स्रोतले भन्यो, ‘सम्बन्धित व्यक्ति नै नआएपछि सो विषयमा छलफल नै भएन ।’

स्रोतका अनुसार आफ्नो नियुक्ति विषयमा चर्को विरोध भएपछि कोइराला बैठकमा उपस्थित नभएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?