सबै भन्दा धेरै कोरोना संक्रमित भएका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख ३२ हजार ५ सय ४१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४४ लाख ८५ हजार १ सय ४३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६९ लाख २९ हजार ९ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ५ सय ६५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८३ हजार ९ सय ७२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १५ हजार ८ सय ७६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६० लाख १६ हजार २ सय ४१ पुगेको छ । हालसम्म ३३ लाख २० हजार ३ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ३ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ३ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार १८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ३७ लाख ३१ हजार २२ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १७ हजार ९ सय ९६ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २९ लाख ८ हजार ८ सय ४८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ४० जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६१ हजार ६ सय ७५ पुगेको छ । बितेको २४ घण्टामा ७४ हजार ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३३ लाख ८२ हजार १ सय ५२ पुगेको छ । हालसम्म २५ लाख ८२ हजार १ सय ७९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ४६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ८ सय ४ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ७ सय ११ जनामा कोरोना पुष्टि भएको र १ सय २१ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ७५ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ९२ हजार ५ सय ६१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ५ सय २ पुगेको छ । हालसम्म ६ लाख १५ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख २५ हजार २ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?