‘गोल अफ दि सिजन’ अवार्ड रोनाल्डोको पोल्टामा

काठमाडौं । इटालियन क्लब युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले युईएफए गोल अफ दि सिजन अवार्ड हात पारेका छन् ।  युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीवार घोषणा गरेको च्याम्पियन्स लिगको गोल अफ दि सिजन मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्टसले २-१ ले जितेको थियो ।

तर, पहिलो लेगमा १-० ले पछि परेको युभेन्टस अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?