काठमाडौं । धनुषामा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर-४ बस्ने ४५ वर्षीय पुरुषको मृत्यु पछि कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।
प्रादेशिक अस्पताल जनकपुरको ओपिडिमा बुधबार भर्ना भएका सो पुरुषको त्यहि दिन नै स्वाब लिई परीक्षण गर्दा आज उनको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
मृतक क्षयरोग तथा मधुमेहका रोगी थिए । यससँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया