काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ ।
निधन हुनेमा पाँच जना महिला रहेका छन् भने अन्य तीन जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेहरुमा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, कास्कीकी ३२ वर्षीया महिला, रुपन्देहीकी ७० वर्षीया महिला र बाँकेकी ७० वर्षीया महिला रहेकी छिन् ।
त्यस्तै काठमाडौंका ४८ वर्षीय पुरुष, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको हो ।
यसैबीच नेपालमा आज (बिहीवार) थप १ हजार १११ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १८३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया