काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै २७० जना संक्रमित थपिएका छन् । जो हालसम्मकै सबेभन्दा धेरै हो ।
काठमाडौं उपत्यकामा बिहीवार थपिएका ३७७ जना कोरोना संक्रमित मध्ये २७० जना संक्रमत काठमाडौंका रहेका छन् ।
यसैबीच नेपालमा आज (बिहीवार) थप १ हजार १११ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १८३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।
नेपालमा हिजो (बुधवार) ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया