काठमाडौं । अमेरिका र चीनबीचमा अहिले तनाव झनै बढेको छ । दक्षिण चीन सागरको विवादलाई लिएर दुबै देश आक्रामक बनिरहेका छन् ।
यसैबीच अमेरिकी जासूसी विमानले चीनमा पसेर चिनियाँ सेनाको मिलिट्री डिलको भिडियो रेकर्ड गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । जसका कारण चीन अमेरिकासँग रुष्ट बनेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका दुई एडभान्स्ड यू २ ले चीनमा छिरेर जासूसी गरेको हो । अमेरिकाको यो हर्कतको चीनले निन्दा गरेको छ ।
चीनको रक्षा मन्त्रालयले एक बयान जारी गर्दै उत्तरी भागमा अमेरिकाले गरेको यो कदम निन्दनीय भएको बताएको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया