काठमाडौं । वेस्ट इन्डिजका अलराउण्डर ड्वाने ब्राभो टी-ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर बनेका छन् । ब्राभोले टी-ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने कीर्तिमान बनाएका छन् ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा बुधबार सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोले ५ सय विकेटको पूरा गरेका हुन् ।ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेलिरहेका ब्राभोले जुक्सका रकिम क्रोनबेलको विकेट लिँदै कीर्तिमान बनाएका हुन् ।
ब्राभोले ४ सय ५९ टी-ट्वान्टी खेलमा ५ सय विकेट पूरा गरेका हुन् । यस्तै ब्राभोले सीपीएलमा एक सय विकेट विकेट समेत पूरा गरेका छन् ।
टी-ट्वान्टी क्रिकेटमा अहिलेसम्म कुनै पनि खेलाडीले ४ सय विकेट समेत लिन सकेका थिएनन् । श्रीलंकाका फास्ट बलर लासिथ मालिंगा ३ सय ९० विकेट हात पार्दै टी-ट्वान्टी क्रिकेटमा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया