काठमाडौं । केहि दिन यता चर्चामा रहेको उत्तर कोरियाली तानाशाह किम जोङ उन कोमामा रहेको खबरलाई असत्य साबित गर्दै किम पुनः एकपटक सार्वजनिक भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उनी कोमामा रहेको खबर भाइरल भएपनि उक्त खबरलाई झुटो साबित गर्दै उनी एक सार्वजनिक भएका हुन् ।
बुधवार आएको एक रिपोर्टका अनुसार किम फेरि सार्वजनिक रुपमा देखिएका हुन् । मंगलवार मात्रै किम आफ्नो पार्टीका सदस्यहरुको साथमा आपत्कालीन बैठकमा देखिएका हुन् ।
उत्तर कोरियाको सरकारी मिडिया कोरियन सेन्ट्रल न्यूज एजेन्सीले किमको तस्वीर सार्वजनिक गरेको हो । तस्वीरमा उनी स्वस्थ देखिएका छन् ।
उनले पोलिट ब्यूरोको बेठक गरेको बताइएको छ । साथे उनले बिहीवार कोरोना भाइरस र देशको तटमा ठोक्किने तुफानसँग जोगिन निर्देशन दिएका थिए । तर उनको यो तस्वीर पुरानो हो वा नयाँ भन्ने बारेमा भने पुष्टि भईसकेको छैन्।
यो भन्दा पहिला दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे जंगका अफिसर रहेका चान्ग सान्ग मिनले किम कोमामा रहेको दाबी गरेका थिए ।
उनी अप्रिल देखि नै कोमामा रहेको बताएका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया