काठमााडौं, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।संसदीय दलको कार्यालय सिंहदरवारमा आज भएको मतदानमा देउवाको पक्षमा ४४ मत पाएको थियो भने प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत प्राप्त गरेको थियो ।मतदानमा सबै ६३ सांसद सहभागि भएका थिए ।देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका थिए ।त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव थिइन् भने समर्थकमा सञ्जय गौतम रहेका थिए । नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया