विकासप्रेमी नेताको छवि बनाउँदै सांसद लामा

काठमाण्डौं, ८ असोज ।नुवाकोटको निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सांसद बहादुर सिंह लामाको परिचय पछिल्लो समय नुवाकोटमा विकाशप्रेमी नेताको रुपमा चिनिन थालेका छन । संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वाचित भएयता लामाले नुवाकोटमा थुप्रै विकासे योजना भित्र्याएका छन । लामाको विकासप्रतिको लगावका कारण उनी ४ बर्षको अवधिमै जनस्तरमा प्रिय नेताका रुपमा स्थापित पनि भईरहेका छन । सांसद निर्वाचित भएको ४ बर्षको अवधिमा लामाले नुवाकोटको विकाशका लागि यसो गरे१. त्रिशूली खोलामा निर्माण भएका महादेवस्थान–दर्शनटार पूल (२६ करोड)२. रातमाटे–सिर्खाली पूल (२४ करोड)३. ढोडबेसी–बुधसिं पूल (१९ करोड )४. तुप्चे–भैंसे पूल (१६ करोड )५. बुङताङ –ब्रामनचेत पूल ( ४ करोड)६. पहरेखोप –बगुवा पूल (५ करोड)७. मनकामना –फिकुरी –काहुले –भाल्चे – साल्मे २० कि.मि. सडक कालोपत्रे (३२ करोड)८. चारघरे– खड्गभञ्ज्याङ– छत्रेखोला– नेवारपानी– तारुका २० कि.मि. सडक ( २७ करोड)९. हात्तिगौंडा–राईसिं– हर्कपूर –देउराली– मेघाङ– किम्ताङ २८ कि.मि. सडक (७५ करोड )१०. कोलनी– आँगुटार–तुप्चे–सोले सडक कालोपत्रे (१५ करोड)११. सोले–जामूने–किर्नेवगर– बुङताङ–देउराली सडक, दर्शनटार–उपल्लो डिही–कौसेनी– तारुका जोरचौतारो र सुनाखेती–पिडालुवारी–पारिजात स्कूल जाने रणनीतिक सडकले साविक ३ नं. क्षेत्रलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पु¥याउने अवस्था सिर्जना भएको छ । यसका लागि पनि बहादुरसिंह लामाले द¥है पहलकदमी लिएका छन ।१२. त्यस्तै, मध्यपहाडी राजमार्गलाई त्रिशूली सामरी जोडने आफ्नो पहलले सार्थक रुप लिएको, एसएनआरडिपीले १७ करोडको लागतमा चारघरे–खड्गभञ्ज्याङ–गोस्र्याङ –दाङसिङ सडक स्तरोन्नती गरेको र विदुर भैरवी ५ कि.मि. सडक १५ करोडको लागतमा स्तरोन्नती भएपछि त्यहाँको आन्तरिक पर्यटन प्रवद्र्धन र आर्थिक कृयाकलाप बृद्धी हुनेमा लामा आशावादी छन ।आफ्नो कार्यकालमा अहिलेसम्मकै सबैभन्दा बढी विकास बजेट आफ्नो निर्वाचित क्षेत्रमा ल्याउन सफल भएका लामाले सुरु गरेको विकास अभियानलाई सार्थक रुप दिन पनि लामा आगामी प्रतिनिधि सभाको निर्वाचनमा नुवाकोटको क्षेत्र नं. २ बाटै उम्मेदवार उठ्ने तयारीमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?