उपत्यकाका सांसदहरु भए आक्रोसित

काठमाडौं । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् ।

काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी दल नेपाली कांग्रेसका १० सांसदले कोरोना महामारी नियन्त्रणका पक्षमा सरकारलाई पटक पटक सुझाव दिइए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोखेका हुन् ।

कांग्रेस सांसद गगनकुमार थापाले सरकारले संक्रमणको गति तव्रि रूपमा बढ्दै जाँदा समेत न्यूनीकरण र रोकथामको तयारीलाई तीव्रता दिन नसकेको र पटक पटक दिइएको सुझावलाई समेत बेवास्ता गरेको बताए । ‘संक्रमणको गति जुन रूपबाट तीव्र गतिमा अघि बढिरहेको छ, त्यो गतिमा सरकार पक्षको तयारी अघि बढेको देखिएको छैन, संक्रमित बढ्दै जाँदा सरकार झनै सुस्ताएको जस्तो देखिँदै छ,’ सांसद थापाले भने । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?