नेपाल विद्युत् प्राधिकरणले पछिल्लोपटक तय गरेको आफ्नो विद्युत् पोल र ओपीजीडब्ल्यू केबल भाडा पुरानो दरभन्दा २ सय प्रतिशत बढी भएको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) को बैठकले बुधबार प्राधिकरणले तय गरेको भाडादर महँगो भएको भन्दै स्वीकार्य नहुने निर्णय गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।
प्राधिकरणले गत वर्ष विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर ४ सय प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । प्राधिकरणको निर्णयविरुद्ध इन्टरनेट सेवा प्रदायकले विरोध जनाउँदै भाडा नतिर्ने अडान लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा गत वर्ष अध्ययन समिति गठन भएको थियो ।
समितिले दिएको प्रतिवेदनलाई गत साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पारित गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको थियो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया