काठमाडौं, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेता छान्नका लागि भएको मतदान सम्पन्न भएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । सांसद प्रदिप गिरी र गगन थापाले अन्तिममा मतदान गरेका थिए ।मतदान सम्पन्न भएपछि अबको केहीबेरमा नै मतगणना सुरु गरिनेछ । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा छन् ।मतदानका क्रममा पहिलो भोट नेता सिंहले खसाले भने दोस्रो भोट देउवाले खसालेका थिए । प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिकतर्फका ४० गरी ६३ जना सांसद छन् ।आज २ बजे संसदीय दलको बैठक समेत आब्हान गरिएको छ । संसदीय दलको उपनेता र राष्ट्रियसभा दलको नेता पनि संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया