काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ८ लाख २६ हजार २ सय ७ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ४१ लाख ९१ हजार ७ सय १८ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड ६७ लाख ४ हजार २ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ८ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ८२ हजार ९ सय २३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १५ हजार १ सय ५१ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५९ लाख ७० हजार ८ सय ७९ पुगेको छ । हालसम्म ३२ लाख ५७ हजार ९ सय ६२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ४ सय ८४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ९ हजार ४८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३६ लाख ३ हजार २ सय २४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख १६ हजार २ सय २४ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार २ लाख ४८ हजार ३ सय ९५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ९८ जनाको ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६० हजार २ सय ९७ पुगेको छ । बितेको २४ घण्टामा ५६ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३२ लाख ८८ हजार ६ सय ९३ पुगेको छ । हालसम्म २५ लाख १२ हजार ५ सय ४४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय ५३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार ६ सय ६७ जनामा कोरोना पुष्टि भएको र १ सय १५ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ९ लाख ७० हजार ८ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ७ लाख ८६ हजार १ सय ५० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १३ हजार ३ सय ८ पुगेको छ । हालसम्म ६ लाख १३ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया