भारतमा भयावह बन्दै कोरोना, अमेरिका-पाकिस्तान लगायत देशमा घट्दै संक्रमित

काठमाडौं । छिमेकी देश भारतमा ३२ लाख ८० हजार भन्दा धेरै मानिसमा संक्रमण देखिइसकेको छ भने दैनिक ६७ हजारका दरले नयाँ संक्रमित फेला परिरहेका छन् ।

कोरोनाबाट अति प्रभावित विश्वका तीन देशमध्ये भारत एक हो । सर्वाधिक प्रभावित देश अमेरिकामा ५९ लाख ५५ हजार तथा ब्राजिलमा ३६ लाखभन्दा धेरैमा कोरोना देखिइसकेको छ । ब्राजिलमा पछिल्ला दिनमा दैनिक झन्डै ४७ हजार नयाँ संक्रमित भेटिइरहेका छन् । तर, आश्चर्यजनक रुपमा अति प्रभावित देशको पहिलो नम्बरमा रहेको अमेरिकामा नयाँ संक्रमितको संख्या कम हुँदैछ । अमेरिकामा जुन र जुलाईमा कोरोनाको संक्रमण अत्याधिक फैलिएको थियो । २२ जुलाईमा एकै दिन ६८ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यहाँ दैनिक सरदर ४३ हजार नयाँ संक्रमित भेटिएका छन् । अमेरिकामा कोरोनाका कारण १ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमणलाई कम गर्न सफल देशमध्ये रुस एक हो । रुसमा मध्य मेइदेखि कोरोनाको संक्रमण लगातार बढिरहेको थियो । तर, २२ अगस्टदेखि दैनिक नयाँ संक्रमितको संख्या ५ हजारभन्दा कम देखिन थाल्यो । जबकी, जुलाईमा यहाँ औसत ६ हजार ५ सय नयाँ संक्रमित भेटिएका थिए । रुसी सञ्चारमाध्यमहरुका अनुसार परीक्षण दर बढाउँदा अधिकारीहरुलाई भाइरसबाट संक्रमित मानिसहरुको पहिचान गर्न र उनीहरुलाई आइशोलेट गर्न सहज भयो । जसकारण, भाइरसको संक्रमण फैलन कम भयो ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशको सुचीमा पाँचौ स्थानमा छ, दक्षिण अफ्रिका । यसका बाबजुद यहाँ अगस्टको पहिलो हप्तादेखि नयाँ संक्रमितको संख्या कम हुँदै गएको छ । १५ जुलाईमा यहाँ एकैदिन १२ हजार ३ सय ४१ जनामा संक्रमण देखिएको थियो । पछिल्ला हप्ताहरुमा संक्रमण कम देखिएको छ , अहिले झन्डै औसतमा प्रत्येक दिन ३३ सय संक्रमित फेला परेका छन् । दक्षिण अफ्रिकामा ६ लाख १३ हजारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना संक्रमितको संख्या पाकिस्तानमा पनि दिनहुँ घट्दो छ । जबकी, यहाँ २ लाख ९४ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् । मे र जुन महिनामा पाकिस्तानमा दैनिक ५ हजार नयाँ संक्रमित भेटिन्थें । तर, यस महिना दैनिक सरदर ५ सयदेखि ६ सय संक्रमित भेटिएका छन् । पाकिस्तानले छोटो समयमै आफ्नो परीक्षण क्षमतालाई बढायो भने प्रभावकारी ट्रयाकिङ सिस्टम पनि स्थापित ग¥यो । यहाँ कडाईका साथ लकडाउन लागूू छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?