‘युथ अफ तुलसीपुरका’ प्रदर्शन : ‘हेल्लो सरकार सम्धी खै ?’

दाङ । दाङमा बुधवार ‘युथ अफ तुलसीपुरका’ युवाहरुले सरकारको पछिल्लो समयको गतिविधीका विरोधमा मौन प्रदर्शन गरेका छन् ।

विभिन्न नारा लेखिएको प्लेकार्ड लिएर तुल्सीपुरको वीपी चोकबाट निस्किएका युवायुवतीहरुले बजारको परिक्रममा गरेका छन् ।

उनीहरुले बोकेको प्लेकार्डमा ‘कुर्सीमुनी कार्पेट, कार्पेटमुनी जनता’, ‘सोचेझै प्रशासन रैनछ’, ‘हेल्लो सरकार सम्धी खै ?’ जस्ता नाराहरु समेत लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र लकडाउन गरेको छ । उक्त कुरालाई व्यंग्य गर्दै
‘कोरोना र उनको याद उस्तै उस्तै हो रातमा मात्र आउने’ भन्ने लगायतका प्लेकार्ड बोकेका थिए ।

फोटोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?