महोत्तरीमा कोरोनाको कारण एकैदिन ३ जनाको मृत्यु

काठमाडौं । महोत्तरीमा कोरोनाको कारण एकैदिन ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङ मार्फत महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको जानकारी दिए । उनको अनुसार पछिल्लो २४ घण्टामा देशभर ११ जनाको कोरोनाको कारण मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ ।

मृत्यु हुनेमा २ जना महिला र ९ जना पुरुष रहेका छन् ।

त्यस्तै मृत्यु मृत्यु हुने अन्यमा मोरङकी ४६ वर्षीया महिला, ५३ वर्षीया महिला भक्तपुरकी रहेकी छिन् । त्यस्तै कैलालीका २ जना ४५ र ५० वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यससँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको छ । हालसम्म १९ हजार ५ सय ४ जना कोरोना निको भइ घर फर्किसकेका छन् । भने बितेको २४ घण्टामा थप ३ सय ८५ जना कोरोना मुक्त भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?