काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा बुधवार मात्रै २३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा थपिएका ३०१ जना संक्रमित मध्ये २३० जना संक्रमित काठमाडौंमा रहेका छन् ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ११ जनामध्येका एक जना काठमाडौंका ५१ वर्षीय पुरुष रहेका छन् ।
यसैबीच नेपालमा आज (बुधवार) थप ८८५ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ५०४ पुगेको छ ।
नेपालमा हिजो (मंगलवार) ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया