काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । जसअनुसार काठमाडौंमा २ सय ३०, भक्तपुरमा २४ र ललितपुरमा ४७ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
नेपालमा बितेको २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ३४ हजार ४ सय १८ पुगेको छ । हालसम्म १९ हजार ५ सय ४ जना कोरोना निको भइ घर फर्किसकेका छन् । भने बितेको २४ घण्टामा थप ३ सय ८५ जना कोरोना मुक्त भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया