उपत्यकामा थप कडाइ : अुनगमन टोलि खटाएर निषेधाज्ञा पालना गराउने

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गते राति देखि शुरु भएको निषेधाज्ञा भदौ १७ गते सम्मका लागि लम्बिएको छ ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप गरी भदौ १७ गते राति १२ गते सम्म कायम गर्ने निर्णय गरेको हो ।

बैठकपछि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञा प्रभावकारी भएको र यसलाई थप लम्बाउनुपर्ने सुझाव विभिन्न क्षेत्रबाट आएकाले दोस्रो चरणको रुपमा थप एक साताका लागि निषेधाज्ञा लम्बाइएको बताए ।

उनले निषेधाज्ञाको अवधिमा अत्यावश्यक खाद्यान्न, तरकारी दुग्धजन्य वस्तुहरु खरिद विक्री गर्न विहान सवा ९ बजे सम्मका लागि समय तोकिएको बताए । सर्वपक्षिय सहमतिको आधारमा र नागरिक स्तरबाटै निषेधाज्ञाको माग भएकोले दोस्रोचरणको नषेधाज्ञा जारी गर्ने प्रक्रियामा अगाडि बढेको उनले स्पस्ट पारे ।

उपत्यका भित्रका नगरपालिकाहरु, महानगरपालिका, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेपछि निषेधाज्ञालाई दोस्रो चरण अन्तर्गत एक साता थप गरिएको उनले बताए ।

सबै पक्षको मागको आधारमा दोस्रो चरणको निषेधाज्ञा जारी भएकाले अुनगमन टोलि खटाएर आदेश पालना गराउने कामलाई थप कडाई गरिने पनि प्र.जि.अ. दाहालले बताए । अत्यावस्यक सेवा क्षेत्रमा काम गर्ने कर्मचारी बाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको पनि उनले बताए ।

जसमा एम्बुलेन्स, स्वस्थ्यकर्मी, खाद्यन्न ढुवानी, सरकारी सवारी साधन, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्था लगायत रहेका छन् । प्र.जि.अ. दाहालले निषेधाज्ञा जारी भएपछि उपत्यका प्रवेश गर्ने नाकामा पनि आवागमन ठप्प भएको बताए । अत्यावस्यक सेवाका लागि आउने मान्छेहरु बाहेक अन्य मानिसहरुको आवागमन ठप्प पारिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?