काठमाडौं । बार्सिलोनाका स्टार लियोनल मेस्सीले फेरि आफुले बार्सिलोना छाड्न चाहेको कुरा बताएका छन् । बार्सिलोनाका पदाधिकारीहरुसँगको भेटमा मेस्सीले आफु क्लब छाड्न ईच्छुक रहेको बताएका हुन् ।

स्पेनिस पत्रिका मार्काका अर्जेन्टिनी फरवार्ड नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिनोलामा खेल्न अनिच्छुक देखिएका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८(२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका थिए ।
बार्सिलोनासंग ३३ बर्षिया फरवार्डको सम्झौता मात्र एक बर्ष बाँकी छ । तर मेस्सीले एक बर्ष बाँकी छँदै क्लब छाड्न चाहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया