बार्सिलोना छोड्न चाहेको बताउँदै मेस्सीले लेखे पत्र

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नो सम्पूर्ण व्यवसायिक खेल जीवन गुजारेको स्पेनी क्लब बार्सिलोना आफूले छोडन चाहेको बताएका छन् ।

उनका वकिलहरूले फ्याक्स पठाएर क्लबसँगको करारमा रहेका उनलाई तत्काल जान दिन मिल्ने प्रावधानको प्रयोग गरिएको बताएका छन्।

बार्सिलोनाले भने त्यो प्रावधान जुन महिनामा नै अन्त्य भईसकेको बताएको छ।

तर मेस्सी भने कोरोना भाइरस महामारीका कारण यो वर्ष खेल तालिकामा भएको फेरबदलले गर्दा सो प्रावधान पनि लम्बिने विश्वास गर्छन्।

यस महिनाको शुरुमा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोनाले बायर्न म्युनिखसँग ८ २ को लज्जास्पद हार व्यहोरेको थियो।

क्लबको नेतृत्वसँग पनि मेस्सीको टकराव भएको थियो।

मेस्सीले बार्सिलोना क्लबमा सन् २००४ देखि खेल्न थालेका हुन्। यस अवधिमा उनले क्लबलाई चारपटक च्याम्पियन्स लिगको विजेता बन्न मद्दत गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?