सन्दिप आवद्ध टिम जमैकाको दोश्रो जित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दिप लामिछोन आवद्ध जमैका तलाबाजले खेलमा दोश्रो जित निकालेको छ ।

यसअघिका २ खेलमा लगातार पराजित भएको जमैकाले पहिलो खेलमा भने जित हात पारेको थियो । आज बिहान भएको खेलमा जमैकाले गुएना एमेजन वारियर्सलाई ५ विकेटले पराजित गरेको हो ।

सीपीएलमा नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई लगातार कायम राखेका छन् ।

आजको खेलमा पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चिएर एक विकेट हात पारेका थिए । उनले सेरफन रडरफोर्डको विकेट लिएका हुन् ।

जवाफमा जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर ११३ रन बनाएसँगै लिगमा दोश्रो जित हात पारेको हो । जमैका अंक तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?