काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप्ने वा हटाउने भन्ने बारेमा निर्णय लिन बसेको उपत्यकाका तीन जिल्लाका सीडीओ तथा सुरक्षा अधिकारीहरुको बैठकले यसबारे भोलिमात्रै निर्णय गर्ने भएको छ ।
बैठक नै नबसी केही मिडियामा स्रोतलाई हवाला दिँदै निषेधाज्ञाको मिति थप भएको भन्दै समाचार बाहिरिएपनि निर्णय प्रभावित भएको एक सुरक्षा अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक सुरु नभइकनै निर्णय भएको भन्दै समाचार आएपछि उनीहरुले मिडियाले जथाभावी लेखेको भन्दै भोलिमात्रै निर्णय लिने निष्कर्ष निकालेका थिए ।
उपत्यकामा कोरोनाको संक्रमण बढेपछि यही भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश भोलि बुधबार राति १२ बजे सकिँदै छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भोलि बिहानसम्ममा उपयुक्त निर्णय हुने लिने बताए । यसअघि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भने समय थप्न सिफारिस गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया