रुसले आफ्नो कोरोनाविरुद्धको भ्याक्सीन कुन देशलाई पहिला दिँदैछ ?

काठमाडौं । कोरोना भाइरसविरुद्धको विश्वकै पहिलो भ्याक्सीन रुसले आफूले बनाएको दाबी गरेको छ ।

coronavirus vaccine

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेका थिए ।coronavirus vaccine

उनले आफ्नी छोरीले समेत कोरोना भाइरसविरुद्धको भ्याक्सीन लगाएको बताएका थिए ।

coronavirus vaccine

यसैबीच अब कोरोना भाइरसविरुद्धको पहिलो रजिस्टर्ड भ्याक्सीन रुसले कसलाई दिँदैछ ? भन्ने बारेमा विभिन्न कौतुहलताहरु पैदा भएका छन् ।

coronavirus vaccine

रुसले आफ्नो कोरोनाविरुद्धको पहिलो भ्याक्सीन स्पूटनिक भी निर्माण गरेको हो । रुसले भने अब बेलारुसलाई आफ्नो पहिलो कोरोनाविरुद्धको भ्याक्सीन सप्लाई गर्ने भएको छ । रुसी भ्याक्सीन पाउने पहिलो देश बेलारुस हुनेछ ।

coronavirus vaccine

themoscowtimes.com  को रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई भ्याक्सीको पहिलो खेप दिने आश्वासन दिएका छन् ।

coronavirus vaccine

बेलारुसमा अहिले सरकार विरोधी प्रदर्शन चलिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?