काठमाडौं । हिमालय एअरलाइन्सले पाचौँ चरणको उद्धार उडान अगस्ट २६ अर्थात भोलीबाट पुनः सुचारु गर्न लागेको छ ।
सरकारको निर्णय र अनुमती अनुसार एअरलाइन्सले भोलीबाट विभिन्न ४ देशबाट उद्धार उडान गर्न लागेको हो । एयरलाइन्सले पाचौँ चरणको उद्धार उडानमार्फत साउदी अरेबीया, मलेशिया, युनाइटेड अरब इमिरेट्स (युएइ) र कतारमा रहेका नेपालीहरुलाई नेपाल ल्याउनेछ ।
सरकारले क्वारेन्टाइन व्यवस्थापन लगायत अन्य कारण देखाएर भदौ २ गतेबाट उद्धार उडान रोकेको थियो । कोभिड १९ कोरोना १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न निर्देशन दिएको थियो । नेपालमा कोरोनाको जोखिम बढेसँगै क्वारेन्टाइन एवम् अन्य सुविधा उपलब्ध नभएको अवस्थाले गर्दा तत्कालको लागि उद्धार उडान रोक्न पत्रमा भन्दै अन्तराष्ट्रिय उडानहरु रोकिएपनि पुन सुचारु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया