यसरी हुँदै छ कांग्रेस संसदीय दलको निर्वाचन

काठमाडौँ, २१ फागुन- कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह भिड्ने भएका छन् । आइतबार दिनभर सर्वसम्मतिको प्रयास भए पनि कुरा नमिलेपछि दुवैले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन समितिले आइतबार अपराह्न साढे ४ बजे मतदाता नामावली प्रकाशन गरेको थियो । मतदाता नामावलीउपर दाबी विरोध गर्ने समय ४ः३५ देखि ५ बजेसम्मे तोकिए पनि कसैको दाबी विरोध नपरेको निर्वाचन समितिले जनाएको छ, नयाँ पत्रिकामा खबर छ  ।समितिले प्रकाशन गरेका ६३ मतदाताउपर कसैको दाबी विरोध नपरेपछि साढे ५ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिएको थियो ।त्यस्तै, साँझ ६ देखि ७ः३० बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयमा सभापति देउवा र नेता सिंहको उम्मेदवारी परेको छ ।उम्मेदवारको दरखास्तउपर दाबी विरोध गर्न तोकिएको ७ः४५ देखि ८ बजेसम्म कसैको दाबी विरोध नपरेको समिति संयोजक चिनकाजी श्रेष्ठले बताए ।निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने समय सोमबार बिहान सबा ८ बजेसम्म राखेको छ । सोमबार बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १० देखि दिउँसो १ बजेसम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?