कोरोना संक्रमणबाट काठमाडौंमा एकैदिन ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ७१ वर्षीया महिला, ७४ र ६६ वर्षीय २ पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बितेको २४ घण्टामा देशभर काठमाडौंका ३ सहित ७ जनाको मृत्यु भएसँगै मृतक संख्या १ सय ६४ पुगेको छ ।

मृत्यु हुने अन्यमा सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?