काठमाडौं । नेपालमा आज (मंगलवार) थप ८५५ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार नेपालका ७ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित भएका ७ जिल्ला
- पर्सा
- महोत्तरी
- रौतहट
- काठमाडौं
- सर्लाही
- मोरङ
- बारा
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १६४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया