काठमाडौं उपत्यकामा एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको छ । हिजो मात्र उपत्यकामा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा आज थप ८ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

यो पनि
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ८५५ जना कोरोना संक्रमित, कुल संख्या ३३ हजार नाघ्यो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?