शैक्षिक संस्था सधैं आन्दोलनको तारो

काठमाडौं, २१ फागुन- राजनीतिक माग पूरा गराउन सरकारलाई दबाब दिन शैक्षिक संस्थालाई तारो बनाउने क्रम बढ्दो छ। यो शृंखला आइतबार पनि दोहोरियो।आफ्ना कार्यकर्तालाई राज्यले पक्राउ गरेर थुनामा राखेको रिस पोख्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट विद्यार्थी संगठनले आइतबार शैक्षिक संस्था बन्द गराएको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।बन्दकर्ताको उपस्थिति सार्वजनिक स्थलमा नदेखिए पनि स्कुल खोले अप्रिय घटना हुन सक्ने त्रासमा देशभरका अधिकांश शैक्षिक संस्था बन्द भए। शैक्षिक संस्था एक दिन बन्द हुँदा विद्यालय तहमा अध्ययनरत ७५ लाखभन्दा धेरै र उच्च शिक्षा अध्ययन गरिरहेका झन्डै ५ लाख विद्यार्थी प्रभावित भएका छन्। कठिन परि श्रम गरेर भए पनि निजी स्कुलमा महँगो शुल्क तिरेर छोराछोरी पढाइरहेका हजारौं अभिभावक यसरी गरिने बन्दका कारण पढाइ अवरुद्ध भए पनि विद्यालयलाई शुल्क तिर्न बाध्य छन् भने स्कुल सञ्चालक यसको मार खेपिरहेका छन्।क्रान्तिकारीले आफ्नो राष्ट्रिय सम्मेलनको मिति नजिकिँदै गर्दा संगठनका महासचिव दीपेन्द्र चलाउनेलगायत केही केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलाई पक्राउ गरेको विरोधमा शैक्षिक संस्था बन्द गरेको हो। उनीहरूको राष्ट्रिय सम्मेलन फागुन २७ देखि ३० गतेसम्म दाङमा हुने सार्वजनिक भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?