नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ ।

मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले उक्त निर्णय गरेको हो ।

आजको बैठकमा गत शनिवार नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल समेत गरिएको थियो ।

यो पनि
प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल शुरु, के हो एजेण्डा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?